birat ribon

उच्च अदालतको न्यायाधीशमा १८ जनाको नाम सिफारिस

Neuro
उच्च अदालतको न्यायाधीशमा १८ जनाको नाम सिफारिस

काठमाडौँ / न्याय परिषदले सर्वोच्च अदालतमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा दुई तथा उच्च अदालतको न्यायाधीशमा १८ जनाको नाम सिफारिस गरेको हो ।

उच्च अदालतका वरिष्ठ मुख्य न्यायाधीशबाट कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गरेको न्यायपरिषदले जनाएको छ । यस्तै उच्च अदालतका लागि न्याय सेवाका विशिष्ट श्रेणीबाट दुई जनालाई न्यायाधीश लागि सिफारिस गरेको छ ।

cura insider

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता नारायण प्रसाद पौडेललाई उच्च अदालत पाटन र कानून मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पोखरामा न्यायाधीशका लागि सिफारिस भएको हो ।

त्यसैगरी जिल्ला न्यायाधीश मध्येबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेललाई विभिन्न उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरिएको छ ।

न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाललाई पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएको छ भने अधिवक्तामध्येबाट फुर्पा तामाङ, श्रीधरा कुमारी पुडासैनी, जगदीश घिमिरे, पुनम सिंह, सागर विष्ट, गणेश ठगुन्ना र निर्मला शाक्यलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ ।

jackson ribon