birat ribon

पत्रकार महासंघ पूर्व अध्यक्ष झालाई सूचनाको अधिकार पुरस्कार

Neuro
पत्रकार महासंघ पूर्व अध्यक्ष झालाई सूचनाको अधिकार पुरस्कार

विराटनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको छ ।

सूचनाको हक सम्बन्धि अभियान्ता झालाई शुक्रबार पुरस्कार प्रदान गरिएको हो । झा काेसी अनलाइनकाे नियमित स्तम्भकार हुन् ।

cura insider

त्यस्तै सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङले प्रत्येक वर्ष षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ ।

शुक्रबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयूक्त रुपमा पुरस्कार प्रदान गरे ।

झालाई प्रदान गरिएको पुरस्कारको राशी ५१ हजार ५१ रुपैयाँ छ । न्यौपानेलाई प्रदान गरिएको पुरस्कारको राशी १५ हजार १५ रुपैयाँ छ ।

पत्रकार महासंघ मोरङले ४ वर्षयता षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गर्दै आएको छ ।

jackson ribon