birat ribon

३० वर्ष उमेरपछि महिलालाई यी स्वास्थ्य जाँच अनिवार्य

Neuro
३० वर्ष उमेरपछि महिलालाई यी स्वास्थ्य जाँच अनिवार्य

विराटनगर / उमेर बढेसँगै एक महिलाको शरीरमा बाहिरी र आन्तरिक परिवर्तन भइरहेको हुन्छ । ३० वर्षको उमेरपछि मेटाबोलिजम दर घट्ने, मांसपेशीमा ह्रास आउने र दीर्घकालीन स्वास्थ्य समस्याहरू बढ्ने हुन्छ । जसकारण एक महिलाले ३० वर्षको उमेर कटेपछि विभिन्न जाँच गराउन जरुरी हुन्छ ।

स्तन क्यान्सरको जाँच : स्तन क्यान्सर पत्ता लगाउन स्तनको शारीरिक परीक्षणले मात्र थाहा पाउन सकिँदैन । त्यसकारण म्यामोग्राफी (एक एक्स–रे प्रक्रिया) ले स्तनमा भएको गाँठोलाई पहिचान गर्न मद्दत गर्छ । ३० वर्षदेखि ४० वर्षबीचको उमेरमा एक महिलाले अन्कोलजिस्ट (क्यान्सर रोगको डाक्टर)द्वारा प्रत्येक ६ महिनामा क्लिनिकल परीक्षण गराउनुपर्छ ।

cura insider

त्यस्तै, ४४ वर्षदेखि ५५ वर्षको उमेरका महिलाले वार्षिक म्यामोग्रामका साथै क्लिनिकल परीक्षण गराउनुपर्छ । ५५ वर्षभन्दा बढी उमेरका महिलाले दुई वर्षमा एकपटक म्यामोग्राम गर्नुपर्छ ।

पाठेघरको क्यान्सरका लागि पेल्भिकको जाँच : पेल्भिक परीक्षणमा गर्भाशय, पाठेघर, अण्डाशय, फेलोपियन ट्यूब, मलाशय र मूत्राशयको शारीरिक परीक्षण समावेश गरिएको हुन्छ । यसले कुनै पनि शारीरिक असामान्यता, गाँठो, योनी स्राव र यौनसँग सम्बन्धित सङ्क्रमण (एसटिआई) भएको हो वा होइन भनेर पहिचान गर्न मद्दत गर्छ ।

२१ देखि २९ वर्ष उमेरसम्म, प्रत्येक तीन वर्षमा प्याप स्मेयर टेस्ट गर्नुपर्छ । त्यस्तै, ३० देखि ६५ वर्षसम्म प्रत्येक पाँच वर्षमा एकपटक प्याप स्मेयर टेस्ट गर्नुपर्छ ।

मधुमेह रक्तचाप, थाइराइडको जाँच : गर्भावस्थामा हुने मधुमेह र उच्च रक्तचापले भविष्यमा स्वस्थ महिलालाई पनि असर गर्न सक्छ । मधुमेह, प्रेसर, थाइराइडको जोखिम उमेरसँग बढ्दै जान्छ । वार्षिक स्वास्थ्य जाँचमा मधुमेह, प्रेसर, थाइराइडको जाँचलाई समावेश गर्नुपर्छ किनकि धेरै रोगीहरू हल्का वा प्रारम्भिक चरणहरूमा एसिम्प्टोमेटिक हुन्छन् । यसबाहेक, कुनै पनि रोगको पारिवारिक इतिहास छ भने, उक्त रोगको वार्षिक जाँच गर्नु अनिवार्य हुन्छ ।

त्यस्तै, मेनोपज नजिकिँदै गर्दा एक महिलामा हड्डी खिइने समस्या हुने हुँदा हड्डीको जाँच, कोलेस्ट्रोल, मुटुसम्बन्धी जाँच, कोलोरेक्टल क्यान्सरसम्बन्धी जाँच गराउन पनि जरुरी हुन्छ ।

jackson ribon