birat ribon

नेपालले खेल्ने विश्वकप छनोट खेल कुवेतमा हुने

Neuro
नेपालले खेल्ने विश्वकप छनोट खेल कुवेतमा हुने

विराटनगर / कतार विश्वकप फुटबल २०२२ तथा एएफसी एसिया कप चीन २०२३ को छनोट खेल कुवेतमा हुने भएको छ । एसियाली फुटबल सङ्घले शक्रबार एसिया छनोट खेल र विश्वकप छनोट खेल कुवेतमा हुने जनाएको हो ।

गत साता एएफसीले नेपालले आयोजना गर्ने दोस्रो चरणको अस्ट्रेलियाविरुद्धको छनोट खेल स्थगित भएको जनाएको थियो । एएफसीले एसियाली सदस्य राष्ट्रहरूसँग नजिकको छलफलपछि छनोट खेल हुने स्थलको टुङ्गो लगाएको जनाएको छ ।

cura insider

दोस्रो चरणको सबै खेल ३१ मेदेखि १५ जुनसम्म खेलाइनेछ । तालिकाअनुसार चीनले समूह ‘ए’ को सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआमबीचको खेलको आयोजना गर्नेछ ।

कुवेतलाई समूह ‘बी’अन्तगर्तको सबै खेल आयोजना गर्ने जिम्मेवारी दिइएको एएफसीले उल्लेख गरेको छ । समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ रहेका छन् ।

नेपालले १७ चैतमा दशरथ रङ्गशालामा अस्ट्रेलियाको सामना गर्ने तय भएको थियो । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्न बाँकी छ ।

नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । नेपालको तीन अङ्क छ । नेपालले छनोट चरणमा पाँच खेलमध्ये एकमा जित र चारमा हार बेहोरेको छ ।

शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेत पाँच खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन पाँच खेलबाट दस अङ्कसहित तेस्रो स्थानमा छ ।

कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ । चाइनिज ताइपेईले भने पाँच खेलमध्ये पाँच वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पुछारमा छ ।

नेपालले छनोटअन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७–० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो ।

जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेतविरुद्ध भुटानको थिम्पुमा १–० को हार बेहोरेको थियो ।

jackson ribon