birat ribon

चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने

Neuro
चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने

विराटनगर / चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि करिब एक अर्ब डलर जरिवाना गर्न लागेको छ । एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रूपमा स्थापित अलिबाबामाथि गर्न लागेको हो ।

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवानासम्बन्धी समाचार छापिएको थियो ।

cura insider

अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक मा ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनका व्यवसाय सरकारी निकायहरूको आँखाका तारो बनेका छन् ।

jackson ribon