birat ribon

कारबाहीमा परे सोमपाल कामी

Neuro
कारबाहीमा परे सोमपाल कामी

काठमाडौँ / विभागीय टोली त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट सङ्घ(क्यान)ले अभद्र व्यवहार गरेको आरोपमा सोमपालमाथि कारबाही गरेको हो ।

वागमतीविरुद्धको खेलमा सोमपाल कामीले अभद्र ब्यवहार गरेको क्यानले जनाएको छ । वागमतीविरुद्धको खेलमा कामीले गाली गरेको हुँदा अम्पायरले रिपोर्ट गरेपछि छानबिनको क्रममा उनी दोषी पाइएका हुन् ।

cura insider

उनलाई खेलाडी आचारसंहिताको धारा २.३ अनुसार लेभल १ को दोषी पाइएपछि एक अङ्क घटाउनुका साथै चेतावनी दिइएको क्यानले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को खेलाडी आचारसंहिताको धारा २.३ ले खेलको क्रममा खेलाडीले अभिव्यक्त गर्ने भाषाबारे उल्लेख गरेको छ ।

मेयर्स कप क्रिकेटको वागमती र आर्मीबीचको स्पर्धामा म्याच रेफ्री रहेका समीर खानले कारबाहीबारे जानकारी गराएका छन् ।

jackson ribon