birat ribon

यी ब्लड ग्रुप भएका मानिसमा हर्ट अट्याकको जोखिम बढी

Neuro
यी ब्लड ग्रुप भएका मानिसमा हर्ट अट्याकको जोखिम बढी

विराटनगर / विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, हृदय रोग विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारणमध्ये एक हो । रक्त प्रकारले हृदयघातको जोखिम बढाउन सक्ने अन्वेषकहरूले पत्ता लगाएका छन् ।

ब्लड ग्रुप ‘ओ’ बाहेकका अन्य रक्त समूहका मानिसमा हर्ट अट्याकको जोखिम बढी हुने हुँदा यी मानिसहरूले विशेषगरी सावधान हुनुपर्ने अध्ययनले देखाएको छ । अमेरिकी हार्ट एसोसिएसन (एएचए) मा प्रकाशित अध्ययनमा चार लाख बढी मानिसको विश्लेषण गरिएको थियो ।

cura insider

जसमा ‘ओ’ ब्लड ग्रुप भएको मानिसको तुलनामा ‘ए’ वा ‘बी’ ब्लड ग्रुप भएका मानिसमा हर्ट अट्याकको जोखिम ८ प्रतिशत बढी हुन्छ भनेर पत्ता लागेको छ । त्यस्तै सन् २०१७ मा युरोपेली समाजको कार्डियोलोजीले १३ लाख मानिसमा गरिएको अध्ययनले पनि ‘ओ’ ब्लड ग्रुपबाहेकमा अन्य रक्त प्रकारका मानिसहरूलाई कोरोनरी र हृदयसम्बन्धी रोग, विशेषगरी हृदयघातको जोखिमको खतरा ९ प्रतिशत बढी हुने देखाएको थियो ।

‘बी’ ब्लड ग्रुप भएका मानिसमा हर्ट अट्याकको जोखिम बढी थियो । अध्ययनमा देखाएअनुसार ‘बी’ ब्लड ग्रुप भएका मानिसमा ‘ओ’ ब्लड ग्रुप भएका मानिसको तुलनामा मायोकार्डियल इन्फार्क्शन (हार्ट अट्याक) को खतरा १५ प्रतिशत बढि थियो । त्यस्तै, ‘ए’ ब्लड ग्रुप भएका मानिसमा ‘ओ’ ब्लड ग्रुप भएका मानिसको तुलनामा हर्ट फेल हुने खतरा ११ प्रतिशत बढी पाइएको थियो ।

हर्ट अट्याक र हर्ट फेल दुवै मुटु रोग हुन् । तर, हर्ट फेल विस्तारै बढ्न थाल्छ जबकि हर्ट अट्याक अचानक हुन्छ । हर्ट अट्याकको परिणामस्वरूप समयको साथ हर्ट फेल हुन सक्छ । ‘ओ’ ब्लड ग्रुप भएको मानिसको तुलनामा ‘ए’ वा ‘बी’ ब्लड ग्रुप भएका मानिसमा रगत जम्ने समस्या (ब्लड क्लट) छिट्टै हुने सम्भावना बढी हुन्छ ।

रगत जम्ने समस्याले हर्ट अट्याक निम्त्याउन मुख्य भूमिका निर्वाह गर्ने हुन्छ । ‘ए’ वा ‘बी’ ब्लड ग्रुप भएका मानिसमा थ्रोम्बोसिस (रगत जम्ने समस्या) हुने सम्भावना ब्लड ग्रुप ‘ओ’को तुलनामा ४४ प्रतिशत बढी हुन्छ ।

रगत जम्ने समस्याले कोरोनरी धमनीमा बाधा पु¥याइ अक्सिजन र पोषक तत्व मुटुसम्म पुग्न गाह्रो बनाउँछ, जसको परिणामस्वरूप हर्ट अट्याक हुन्छ ।

jackson ribon