birat ribon

मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाले मेस्सीलाई बोलाउन सक्ने

Neuro
मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाले मेस्सीलाई बोलाउन सक्ने

विराटनगर / दक्षिण अमेरिकी फुटबल महासङ्घले कोरोना महामारीका कारण यस महिना हुने विश्वकप छनोटका खेलमा प्रतिबनध लगाएको छ । तर अर्जेन्टिनी फुटबल सङ्घले इक्वाडरसँग मैत्रीपूर्ण फुटबल गर्नका लागि छलफल अगाडि बढाएको छ ।

अर्जेन्टिनाले यसै महिनाको अन्त्यतिर इक्वाडरसँग मैत्रीपूर्ण खेल खेल्ने योजनाका साथ काम गरिरहेको बताइएको छ । यस खेलका लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीलाई बोलाउने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

cura insider

अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले इक्वाडरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि मेस्सीलाई बोलाउने योजना बनाएको बताइएको छ । आगामी जुनबाट सुरु हुने कोपा अमेरिकाको तयारीस्वरूप पनि अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्न खोजेको हो ।

अब ला लिगामा हुएस्का र रियल सोसिडाडसँग खेलेपछि मेस्सीले केही समयका लागि बिश्राम पाउनेछन् । भाल्लाडोलिडसँग ४ अप्रिलमा भिड्नुअघि पाएको उक्त बिश्राममा मेस्सीलाई अर्जेन्टिनाले बोलाउन सक्ने बताइएको छ । अप्रिलपछि भने बार्सिलोनाले एलक्लासिकोअन्तर्गत रियल मड्रिडको सामना गर्नेछ भने कोपा डेल रेको फाइनलमा एथ्लेटिक क्लबसँग खेल्नेछ ।

jackson ribon