birat ribon

जसपासँग छलफल गर्नुअघि काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक

Neuro
जसपासँग छलफल गर्नुअघि काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ / नेपाली काङ्ग्रेसले पदाधिकारी बैठक बोलाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि शीर्ष नेताहरूलाई निजी निवास बुढानीलकण्ठमा बोलाएका हुन् ।

सरकार गठनको प्रक्रियामा कसरी जाने भन्ने विषयमा छलफल गर्न उनले दिउँसो ३ बजे शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको काङ्ग्रेसले जनाएको छ ।

cura insider

दिउँसो ४ बजे जसपाका नेताहरूसँग काङ्ग्रेसको अनौपचारिक बैठक बस्दै छ । जसपा नेता र सभापति देउवालगायतबीच बुढानिलकण्ठमै छलफल हुने भएको छ ।

jackson ribon