birat ribon

हश्मतुल्लाह बने दोहोरो शतक लगाउने अफगानिस्तानका पहिलो क्रिकेटर

Neuro
हश्मतुल्लाह बने दोहोरो शतक लगाउने अफगानिस्तानका पहिलो क्रिकेटर

विराटनगर / हश्मतुल्लाह शाहिदी टेस्ट क्रिकेटमा दोहोरो शतक लगाउने अफगानिस्तानका पहिलो क्रिकेटर बनेका छन् । जिम्बाबवेविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा उनले अविजित रहँदै दुई सय रन बनाएका हुन् ।

उनले चार सय ४३ बलको सामना गर्दै दोहोरा शतक लगाएका हुन् ।

cura insider

टेस्ट क्रिकेटमा शतक लगाउने अफगानिस्तानका अशगर अफगान र रहमत शाहपछि उनी तेस्रो ब्याट्सम्यान हुन् । सन् २०१९ को नोभेम्बरमा अफगानिस्तानको टोली ब्यवस्थापनले वेस्ट इन्डिजविरुद्धको टेस्टमा हश्मतुल्लाहलाई आराम दिएको थियो ।

सो शृङ्खलापछिको पहिलो शृङ्खलामै उनले दोहोरो शतक प्रहार गरेका हुन् । जिम्बाबवेविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा अफगानिस्तानले चार विकेटको क्षतिमा पाँच सय ४५ रनमा पारी घोषणा गरेको हो । अशगर अफगानले एक सय ६४ रन बनाएका थिए ।

जिम्बाबवेले भने तेस्रो दिन नै पहिलो पारीको सुरुआत गर्दै एक विकेटको क्षतिमा एक सय १८ रन जोडेको छ ।

jackson ribon