birat ribon

मेस्सीलाई रियल मड्रिडमा स्वागत गर्न तयार रामोस

Neuro
मेस्सीलाई रियल मड्रिडमा स्वागत गर्न तयार रामोस

विराटनगर / रियल मड्रिडका कप्तान सर्जियो रामोसले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई आगामी सिजन बर्नाबेउमा स्वागत गर्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।

अर्जेन्टिनी फरवार्ड मेस्सीले बार्सिलोना छोड्ने चर्चा चलिरहँदा रामोसले आफू उनलाई रियलमा स्वागत गर्न तयार रहेको बताएका हुन् ।

cura insider

बार्सिलोनाका नवनिर्वाचित अध्यक्षले सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले क्याप नोउ नछोड्ने बताइरहेका छन् । तर मेस्सीले भने यसै सिजनको अन्त्यमा बार्सिलोनाबाट ‘गुड बाइ’ भन्न सक्ने देखिएको छ ।

तथापि, मेस्सीले बार्सिलोना छोडेर रियल मड्रिड जाने निधो गर्नेमा कोही पनि विश्वस्त छैनन् । तर रामोस भने मेस्सी रियल आउनेमा विश्वस्त छन् ।

‘ट्विच’सँगको कुराकानीमा उनले भनेका छन्, ‘रियलमा मेस्सीलाई स्वागत ? शतप्रतिशत । कुनै शङ्का छैन । म उनलाई स्वागत गर्न तयार छु । अझ म त उनलाई मेरो घर आउनका लागि सहयोग पनि गर्न सक्छु ।’

jackson ribon