birat ribon

उदयको नयाँ साङ्गीतिक कोसेली ‘नौतुनाको रेल’

Neuro
उदयको नयाँ साङ्गीतिक कोसेली ‘नौतुनाको रेल’

काठमाडौँ / हाल अमेरिकामा रहेर नेपाली लोक तथा दोहोरी गीतसङ्गीतको क्षेत्रमा काम गरिरहेका छन्, उदय भट्टराई । उनले यसअघि ‘धागो राम्रो घुम्ने चर्खाको’, ‘कति मीठो बोली’, ‘पाइलैपिच्छे जरो खन्छ्यौ रे’, ‘यो बैंशमा रुन पर्याछ’लगायतका गीत बजारमा ल्याइसकेका छन् । उदयको पछिल्लो साङ्गीतिक प्रस्तुति ‘किन माया लाउँछ’को चर्चा सेलाउन नपाउँदै अर्को गीत ‘नौतुनाको रेल’ सार्वजनिक भएको छ ।

व्यावसायिकताका नाममा मौलिकता भुल्न नहुने मान्यता बोक्ने उदयले बाध्यता र विवशतामा घर छोडेर परदेश निस्किनुपरेका असङ्ख्य नेपालीहरूको कथालाई यस गीतमा समेटेका छन् । गीतलाई रेशम निर्दोष र शान्ति श्री परियारले स्वरबद्ध गरेका छन् । गीतलाई लय केशव शर्मा सुबेदीले भरेका हुन् भने शब्द उदय स्वयम्का रहेका छन् ।

cura insider

गीतको भावअनुसार म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा नम्रता सापकोटा र रेशम निर्दोष देखिएका छन् । कुमार केसीद्वारा निर्देशित भिडियोलाई छायाङ्कन अजय रेग्मीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । गोर्खा नगरपालिका–१ श्याम बजार स्थायी घर भएका उदयको यो साङ्गीतिक प्रस्तुतिलाई सबैले मन पराउने विश्वास निर्माण युनिटले लिएको छ ।

jackson ribon