birat ribon

चलचित्र ‘प्रकाश’को छायाङ्कन सुरु

Neuro
चलचित्र ‘प्रकाश’को छायाङ्कन सुरु

काठमाडौँ / चलचित्र ‘प्रकाश’को छायाङ्कन सुरु भएको छ । निर्देशक दिनेश राउतले मनकामना मन्दिर पुगेर शुभमुहूर्त गर्दै चलचित्रको छायाङ्कन सुरु गरेका हुन् ।

चलचित्रमा नायक प्रदीप खड्का र डेब्यु नायिका रेनु योगी मुख्य भूमिकामा छन् । चलचित्रको छायाङ्कन जुम्लाबाट सुरु गरिएको निर्माण टिमले बताएको छ । शिक्षक बन्न सङ्घर्ष गर्ने एक युवाको कथामा आधारित चलचित्र हो ‘प्रकाश’, जसको कथा विकास सुवेदीले लेखेका हुन् ।

cura insider

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र प्रकाशमा महेन्द्र अधिकारीको लगानी रहनेछ । चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारले अभिनय गरेका छन् ।

jackson ribon