birat ribon

कोनवे, योङ्ग र मिसेल पहिलोपटक न्युजिल्यान्डको टिममा

Neuro
कोनवे, योङ्ग र मिसेल पहिलोपटक न्युजिल्यान्डको टिममा

विराटनगर / न्युजिल्यान्डले बङ्गलादेशविरुद्धको एकदिवसीय शृङ्खलाका लागि १३ सदस्यीय टोलीको घोषणा गरेको छ ।

बुधबार घोषणा गरिएको टोलीमा डेभोन कोनवे, विल योङ्ग र डारेल मिसेल परेका छन् । उनीहरूलाई पहिलो पटक न्युजिल्यान्डको अन्तर्राष्ट्रिय एकदिवसीय टोलीमा बोलाइएको हो ।

cura insider

न्युजिल्यान्डले पछिल्लो एक वर्षयता कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको छैन । गत वर्ष मार्च महिनामा बन्द रङ्गशालाभित्र अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृङ्खला कोरोना महामारीको कारण स्थगित भएको थियो । सन् २०१९ को विश्वकप फाइनलयता न्युजिल्याण्डले चार वटा अन्तर्राष्ट्रिय एकदिवसीय मात्र खेल्न सकेको छ ।

बङ्गलादेशविरुद्ध नियमित कप्तान केन विलियम्सन कुहिनाको चोटको कारण बङ्गलादेशविरुद्धको शृङ्खलाबाट बाहिरिएका छन् । उनी बाहिरिएपछि ओपनर ब्याट्सम्यानलाई पूर्ति गर्न देभोन कोनवे वा विल योङ्गमध्ये एकजनाले अवसर पाउनेछन् ।

कोनवेले टि–ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेका छन् । विलियम्सनको अनुपस्थितिमा टम लाथमले टोलीको नेतृत्व गर्नेछन् ।

यस्तै अलराउण्डर कोलिन डी ग्राण्डहोम करिब ८ हप्ता मैदानबाहिर रहने निश्चित भएकाे छ । दाहिने खुट्टाको एंकल चोटको शल्यक्रिया गरिने भएपछि कोलिन ६ देखि ८ हप्ता मैदानबाहिर रहने भएका हुन् ।

कोलिन २०२०/२१ को सिजनको सुरुवातबाटै चोटबाट संघर्ष गर्दै आइरहेका थिए । गत वर्षको मार्चबाट उनले अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।

टोलीका अन्य सदस्यहरूमा ट्रेन्ट बोल्ट, मार्टिन गुप्टिल, म्याट्ट हेनरी, कायल जमीन्सन, जिम्मी निशम, हेनरी निकोलास, मिसेल शान्टनर, टिम साउदी, रोस टेलर र विल योङ छन् ।

jackson ribon