birat ribon

सुनको मूल्य लाग्यो ओरालो : आज छ सयले घट्यो

Neuro
सुनको मूल्य लाग्यो ओरालो : आज छ सयले घट्यो

काठमाडौँ / नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार मूल्य केही बढे पनि शुक्रबार पुनः ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य बिहीबारको तुलनामा आज छ सय रुपैयाँलो घटेको हो ।

cura insider

आज छापावाल सुन ८६ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार हुँदैछ । यसअघि बिहीबार सुनको मूल्य ८६ हजार आठ सय रुपैयाँ थियो ।

यसैगरी चाँदीको दाममा पनि गिरावट आएको छ । बिहीबार एक हजार दुई ८५ रुपैयाँ प्रतितोला किनबेच भएको चाँदी आज एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

jackson ribon