birat ribon

एभरेष्टमा फुटबल टुर्नामेन्ट

Neuro
एभरेष्टमा फुटबल टुर्नामेन्ट

विराटनगर / एभरेष्ट सेकेन्डरी स्कुलमा हाउसस्तरीय फुटबल टुर्नामेन्ट सुरु भएको छ । एभरेष्ट स्कुलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे ।

खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको मूल आधार भएको बताउँदै ढकालले खेलकुदमध्ये फुटबल लोकप्रिय रहेको जनाए । खेलकुदले अनुशासित, प्रतिस्पर्धी र शारीरिक तन्दुरुस्ती कायम गर्न सहयोग पुर्याउने उनको भनाइ थियो ।

cura insider

टुर्नामेन्ट २९ गते समापन हुनेछ । प्रतियोगितामा मेची, कोसी, गण्डकी र कर्णाली हाउसका तीन समूहका १२ टिमले सहभागिता जनाउनेछन् ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजन भट्टराईका अनुसार कक्षा ३, ४ र ५ को एउटा, कक्षा ६ र ७ को दोस्रो र कक्षा ८ र ९ को तेस्रो समूह रहेका छन् । प्रत्येक समूहले आपसका चार हाउस टिमबीच प्रतिस्पर्धा गर्नेछन् ।

jackson ribon