birat ribon

विराटनगरमा मोटरसाइकल दुर्घटना : एकै परिवारका तीन जना घाइते

Neuro
विराटनगरमा मोटरसाइकल दुर्घटना : एकै परिवारका तीन जना घाइते

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।

कोसी लोकमार्गको विराटनगर– ७ ७ खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २६ प २४२५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको को २२ प ७१०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा तीन जना घाइते भएका हुन् ।

cura insider

ठक्करबाट को २२ प ७१०७ मा सवार विराटनगर– १० का ४० वर्षीय श्रवण शर्मा मोटरसाइकलमा सवार उनकी छोरी १३ वर्षीय सोफिया शर्मा र छोरा ७ वर्षीय बिराट शर्मा घाइते प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको थियो । घाइते तीन जनाकै बिराट अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

jackson ribon