birat ribon

भारतमा दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ

Neuro
भारतमा दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ

विराटनगर / भारतको गुजरातमा कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएको छ । गान्धीनगरको देहगम तालुकाका स्वास्थ्य अधिकृतले पहिलो खोप १६ जनवरी र दोस्रो डोज १५ फेब्रुअरीमा लगाएका थिए ।

खोप लिएको केही दिनपछि उनमा ज्वरो र हल्का लक्षण देखिएको थियो । २० फेब्रुअरीमा उनको नमुना परीक्षण गर्दा उनमा सङ्क्रमण पत्ता लागेको गान्धीनगरका प्रमुख स्वास्थ्य अधिकारी डा. एमएच सोलङ्कीले बताएका हुन् ।

cura insider

सोलङ्कीका अनुसार खोपको दुवै डोज लगाएको ४५ दिनपछि मात्र शरीरमा पूर्णरूपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि सङ्क्रमण हुनबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, भारतको महाराष्ट्रस्थित जालना जिल्लामा पनि खोपका दुवै डोज लिएका अन्य दुई स्वास्थकर्मीमा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

jackson ribon