birat ribon

अन्तिम समय थामिन नसक्दा युनाइटेड बराबरीमा रोकियो

Neuro
अन्तिम समय थामिन नसक्दा युनाइटेड बराबरीमा रोकियो

विराटनगर / युइएफए युरोपा लिगमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानसँग बराबरी खेलेको छ । बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा युनाइटेड मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

Image

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औँ मिनेटमा अमद डायलोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

cura insider

खेलको इन्ज्युरी समयमा सिमोन काजरले गोल गर्दै मिलानलाई बराबरीमा फर्काए ।

अब दोस्रो लेगको खेल मिलानको मैदानमा हुनेछ ।

Image

यस्तै गए रातिकै अर्को खेलमा आर्सनलले ओलम्पिकसलाई ३–१ गोलले हराएको छ भने टोटनह्याम हटस्परले डायनामो जाग्रेबमाथि २–० गोलको जित निकालेको छ । रोमाले शख्तर डोनेस्कविरुद्ध ३–० गोलको जित दर्ता गराएको छ ।

Image

jackson ribon