birat ribon

राई र लिम्बूको ‘धेरै माया गर्छु’ गीत सार्वजनिक

Neuro
राई र लिम्बूको ‘धेरै माया गर्छु’ गीत सार्वजनिक

काठमाडौँ / चर्चित गायिका मेलिना राई र मोडल तथा गायक रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन गरिएको यो भिडियो रुबुशा क्रियसनको अफिसियल यु–ट्युब च्यानल ‘रुबुशा च्यानल’मार्फत गत सोमबार सार्वजनिक गरिएको हो ।

पूर्णरूपमा फिल्मीशैलीमा निर्माण गरिएको यो भिडियो युगल पोमू लिम्बूले निर्देशन गरेका छन् । यसमा गायक रुकमान लिम्बू, नेहा राई र हेमराज अन्छोङ्बो फिचरिङ गरेका छन् ।

cura insider

भिडियोमा रुकमानले आफ्नी प्रेमिकाको लागि दृष्टिदान गरेका छन् । भिडियोलाई रोमान्टिक तवरले प्रस्तुत गरिएको भए पनि कथाले उठान गरेको विषय मर्मस्पर्शी छ । अहिलेको आधुनिक जमानामा पनि युवाहरू प्रेममा कतिसम्म समर्पित छन् भन्ने भिडियोको सार हो ।

गीतको बोल ‘धेरै माया गर्छु’ भनेजस्तै रुकमानले प्रेमिकालाई आफ्नो आँखादान गरे आफूलाई भन्दा बढी माया दिएका छन् ।

गीतकार डम्बर नेपालीको शब्द तथा सङ्गीत रहेको भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले छायाङ्कन गरेका हुन् ।

jackson ribon