birat ribon

झापामा मोटरसाइकल र स्कुटर दुर्घटना : एक जनाको मृत्यु

Neuro
झापामा मोटरसाइकल र स्कुटर दुर्घटना : एक जनाको मृत्यु

विराटनगर । झापामा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा दमक नगरपालिका – ५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा दुर्घटना हुँदा ५० वर्षीय इन्द्र भुजेलको मृत्यु भएको हो ।

बिहीबार राति प्रदेश १– ०१–१३ प ८७६६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको मे९प ६२१९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक दमक – ८ का ५० वर्षीय ईन्द्र भुजेलको अस्पताल लैजादैगर्दा बाटोमा मृत्यु भएको हो ।

cura insider

मोटरसाइकल चालक दमक – ४ का २६ वर्षीय संजोक सुन्दासको बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

jackson ribon