birat ribon

‘रोनाल्डोको कमाइ प्रतिगोल एक मिलियन युरो’

Neuro
‘रोनाल्डोको कमाइ प्रतिगोल एक मिलियन युरो’

विराटनगर / युरोपियन च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो आवद्ध टोली युभेन्टस क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरियो । इटालियन च्याम्पियन क्लब युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

अन्तिम १६ को दोस्रो लेगमा पोर्टोमाथि ३–२ गोलको जित निकाले पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । यसअघि पहिलो लेगमा २–१ गोलले पराजित युभेन्टसले गए राति आफ्नै मैदानमा ३–२ गोलको जित निकाल्दा समग्रमा ४–४ को नतिजा बनाएको थियो । तर, अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

cura insider

यो खेल पोर्चुगिज स्टार स्टार रोनाल्डोका लागि भने फलदायक भएन । अन्य खेलको अन्तिम १६ को दोस्रो लेगमा टोलीलाई कम्ब्याक दिलाउँदै आएका उनले उक्त खेलमा गोल गर्न सकेनन् । यसै कारण रोनाल्डोको आलोचना भइरहेको छ ।

यस्तैमा युभेन्टसका पूर्व–अध्यक्ष जियोभानी गिग्लीले रोनाल्डोले युभेन्टसलाई कमब्याक गराउन नसक्नु महँगो गल्ती भएको बताएका छन् । उनले भनेका छन्, ‘उनी महान् च्याम्पियन हुन् तर यो उनको महँगो गल्ती सावित भयो । युभेन्टसले रोनाल्डोको एक गोल बराबर एक मिलियन युरो तिर्छ । तर उनले मुख्य खेलमा गोल गर्न सकेनन् । क्लबले रोनाल्डोलाई सिजनको अन्त्यमा फ्री गर्नुपर्छ ।’

jackson ribon