birat ribon

चैत दोस्रो साता बंगलादेश जाँदै राष्ट्रपति

Neuro
चैत दोस्रो साता बंगलादेश जाँदै राष्ट्रपति

विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारी चैतको दोस्रो साता बंगलादेशको भ्रमणमा जाने भएकी छन् ।

यो कोरोना भाइरसको महामारीले लकडाउन भएपछि नेपालबाट हुने पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हुने छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भण्डारीको भ्रमण तय भएको पुष्टि गरे । उनका अनुसार बंगलादेशका राष्ट्रपतिको निमन्त्रणालाई स्वीकार गरेर नेपालकी राष्ट्रपति भण्डारीको भ्रमण तय भएको हो । चैत दोस्रो साता भ्रमण हुने भनिए पनि मिति यकिन गर्न बाँकी रहेको मन्त्री ज्ञवालीलये जानकारी दिए ।

cura insider

बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गर्ने तयारी गरिरहेको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन्।

jackson ribon