birat ribon

सर्वोच्चको आदेशपछि एमालेको पहिलो बैठक चैत १ गते बस्ने सम्भावना

Neuro
सर्वोच्चको आदेशपछि एमालेको पहिलो बैठक चैत १ गते बस्ने सम्भावना

विराटनगर / सर्वोच्च अदालतको आदेशपछि नेकपा बदर भएसँगै पहिलो पटक नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आगामी चैत १ गते बस्ने सम्भावना रहेको छ ।

बैठकको विषयमा छलफल चलाइए पनि त्यसको टुङ्गोमा पुग्न भने बाँकी छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज (शुक्रबार) बैठक कहिले बस्ने भन्ने यकिन हुने बताए । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

cura insider

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था थियो । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

तर आफ्ना नेताविरुद्धको कदममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएपछि ओली समूहले नेपाललाई खासै वास्ता गरेको छैन । सर्वोच्चको फैसलासँगै कुनै उपाय नलागेपछि बाध्य भएर नेपाल एमालेमा फर्किएका हुन् । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने जानकारी दिए । ओली समूहले पनि नेपाल पक्षलाई कुनै नराम्रो गर्ने मनस्थिति बनाएको छैन ।

jackson ribon