birat ribon

यौन दुर्व्यवहार प्रकरणमा सेनाका सहायक रथी बर्खास्त

Neuro
यौन दुर्व्यवहार प्रकरणमा सेनाका सहायक रथी बर्खास्त

विराटनगर / नेपाली सेनाका एक उच्च अधिकारी यौन दुर्व्यवहार प्रकरणमा बर्खास्तीमा परेका छन् ।

भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नठहरिने गरी नेपाली सेनाका सहायक रथी पंकज कार्कीलाई बर्खास्त गरिएको हो । नेपाली सेनाले आन्तरिक छानबिनपछि कार्कीलाई बर्खास्त गर्ने निर्णय लिएको हो ।

cura insider

कार्की सिराहास्थित सेनाको २८ नम्बर बाहिनीका बाहिनीपति थिए । आफ्नै मातहतका महिला सैनिक अधिकृतमाथि यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि थियो । घटनामा सेनाले दुई जना महिला सैनिक अधिकृतलाई पनि बर्खास्त गरेको छ।

jackson ribon