birat ribon

झापा र सुनसरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

Neuro
झापा र सुनसरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर / झापा र सुनसरीमा बिहीबार राति भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

धरान–इटहरी सडक खण्ड अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इटहरीको तरहरा घर बताउने अन्दाजी ७० वर्षीय डिल्लीराम दाहालको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

cura insider

सवारी साधनको ठक्करबाट सडकमा लडिरहेको फेला पारेर दाहाललाई प्रहरीले उद्धार गर्दै राति १० बजेतिर उपचारका लागि प्रतिष्ठान लगेको थियो । उद्धार गर्दा नाक र दाहिने हातबाट रगत बगिरहेको थियो । प्रहरीले ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी दिएको छ ।

त्यस्तै पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–५ मा मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–१३ प ७६६ नम्बरको मोटरसाइकल र पूर्वतर्फ जाँदै गरेको मे ९ प ६२१९ नम्बरको स्कुटर एकआपसमा ठाक्कर खाँदा दुर्घटना भएको हो ।

राति ९ बजेतिर भएको दुर्घटनामा परेर स्कुटर चालक दमक–८ का ५० वर्षीय इन्द्र भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लाइफलाइन अस्पतालमा ९ः४५ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक दमक–४ का २५ वर्षीय संजोग सुन्दास गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले तीव्र गतिका कारण भएको दुर्घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

jackson ribon