birat ribon

म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट आठ जनाको मृत्यु

Neuro
म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट आठ जनाको मृत्यु

विराटनगर / म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर आठ जनाको मृत्यु भएको छ । सैन्य शासकविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो नरसंहार भएको हो ।

हालसम्म ६० जनाको सुरक्षाकर्मीले हानेको गोली लागेर ज्यान गएको छ । नेतृ आंङसाङ सूचीलाई सैन्य शासकले थप अभियोग लगाए लगत्तै प्रदर्शन चर्किएको छ। मध्य भागमा रहेको शहर मेइङमा सुरक्षाकर्मीको गोली चलाउँदा छ जनाको मृत्यु भएको छ। शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको प्रदर्शनकारीले जनाएका छन्।

cura insider

मन्डेला र यांगुनमा पनि एक, एक जनाको ज्यान गएको छ । म्यानमारमा सेनाले कू गरेयता भएका प्रदर्शनमा गोली लागेर ६० भन्दा बढीको मृत्यु भइसकेको छ। दुई हजार भन्दा बढीलाई पक्राउ गरिएको छ।

सेनाले नेतृ सूचीमाथि सरकारमा रहँदा छ लाख डलर बराबरको घुस लिएको नयाँ अभियोग लगाइएको छ। फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई नियन्त्रणमा लिएर कू गरेर शासन सत्ता आफ्नो हातमा लिएको थियो ।

jackson ribon