birat ribon

सर्वोच्चमा २५ हजार मुद्दा फैसला हुन बाँकी

Neuro
सर्वोच्चमा २५ हजार मुद्दा फैसला हुन बाँकी

विराटनगर / सर्वोच्च अदालतमा विभिन्न प्रकृतिका हालसम्म २५ हजार मुद्दा फैसला हुन बाँकी रहेका छन् ।

पाँच वर्ष नाघेका मुद्दाको संख्या मात्रै दुई हजारभन्दा बढी छ। जनशक्ति अभावका कारण समयमै न्याय सम्पादन हुन नसक्दा मुद्दाको चाङ लागेको हो । कतिपय मुद्दा त १० वर्ष पुग्न लागेका छन् ।

cura insider

गत आर्थिक वर्ष सर्वोच्चमा ११ हजार आठ सय एक मुद्दा दर्ता भएका थिए । २४ हजार एक सय ८० पुराना मुद्दा थिए । गत वर्ष ११ हजार दुई सय २५ फस्र्योट भए पनि २४ हजार सात सय ५६ मुद्दा हेर्न बाँकी थिए । चालू आर्थिक वर्षको असारयता मुद्दा थपिएर अहिले यो संख्या २५ हजार नाघिसकेको छ।

जिल्ला र उच्च अदालतमा समेत गरी फैसला हुन बाँकी मुद्दाको संख्या अझ धेरै छ । गत असार मसान्तसम्म देशभरिका अदालतमा एक लाख २० हजार सात सय ७५ मुद्दा फैसला हुन बाँकी छन् । तीमध्ये दुई वर्ष नाघेका मुद्दाको संख्या मात्र १७ हजार दुई सय १८ छ ।

मुद्दा दर्ता हुने दर हरेक वर्ष बढ्दै गएको छ । जनशक्ति भने सीमित छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ । अहिले १९ जना मात्रै कार्यरत छन्, दुई न्यायाधीशको पद रिक्त छ। नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon