birat ribon

कर्जा प्रवाह आक्रामक

Neuro
कर्जा प्रवाह आक्रामक

विराटनगर / कोभिडको प्रभावले अपेक्षाअनुसार हुन नसकेको कर्जा प्रवाह पछिल्लो समय वाणिज्य बैंकहरूले आक्रामक गतिमा विस्तार गरेका छन् ।

पछिल्ला २ सातामा भने निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि करीब दोब्बर भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ ।परिणामस्वरूप फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर बढ्दा कुल कर्जा प्रवाह ३३ खर्ब ८८ अर्ब रुपैयाँको भएको छ । सो अवधिमा निक्षेप १४ अर्बले थपिँदा कुल निक्षेप ३८ अर्ब २३ अर्ब सङ्कलन भएको छ ।

cura insider

कर्जा प्रवाह बढ्दा तरलतामा समेत दबाब पर्न थालेको छ, जसका कारण बैंकहरूबीच अन्तरबैंक ब्याजदर ह्वात्तै बढेको छ । फागुन २५ गते मात्रै छोटो अवधिका लागि एक बैंकले अर्को बैंकबाट लिएको सापटीको अन्तरबैंक ब्याजदर दुई दशमलव ९९ प्रतिशतसम्म पुगेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । आर्थिक अभियान दैनिकमा समाचार छ

jackson ribon