birat ribon

जसपासँग प्रधानमन्त्री सकारात्मक

Neuro
जसपासँग प्रधानमन्त्री सकारात्मक

विराटनगर / सत्तासमीकरणका लागि जनता समाजवादी पार्टी (जसपा)सँग प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएक छन् ।

जसपाले राखेका प्रमुख तीन माग पूरा गर्ने सवालमा प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएका हुन् । बिहीबार पार्टी सचिवालय बैठकलगत्तै बालुवाटार पुगेका जसपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि सकारात्मक रहेको बताएका हुन् । थप छलफल गर्न दुवै पक्षको कार्यदलस्तरीय बैठक शुक्रबार बस्दै छ ।

cura insider

नयाँ सरकार निर्माणका विषयमा आफ्ना माग पूरा गराउने सर्तसहित प्रधानमन्त्री ओली र कांग्रेस–माओवादीसँग छलफल गरिरहेको जसपाले बिहीबार अपराह्न ५ बजेदेखि बालुवाटारमा करिब तीन घन्टा प्रधानमन्त्री र उनको टोलीसँग छलफल गरेको थियो । छलफलमा अहिलेसम्म दुई पक्षबीच भएका औपचारिक–अनौपचारिक छलफलबारे ओलीलाई ब्रिफिङ गरिएको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता सकारात्मक तरिकाले अगाडि बढेको र शुक्रबार कार्यदलस्तरीय छलफल हुने बताए । ‘अहिलेसम्म भएका विभिन्न छलफलमा उहाँहरू मधेस आन्दोलनमा जोडिएका साथीभाइलाई रिहाइ गर्ने विषयमा नै केन्द्रित हुनुहुन्छ । अध्यक्षज्यूसँगको छलफल पनि बढी त्यसैमा केन्द्रित भयो,’ नेता नेम्वाङले भने, ‘छलफल एकदमै सकारात्मक रह्यो । शुक्रबार पनि अनौपचारिक कुराकानी गर्ने भनेका छौँ । अहिलेसम्मको अवस्था धेरै सकारात्मक देखिएको छ ।’

बन्दी रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग जसपाको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon