birat ribon

गुणस्तरीय खाजा नहुँदा विद्यार्थीले उजुरी गर्न पाउने

Neuro
गुणस्तरीय खाजा नहुँदा विद्यार्थीले उजुरी गर्न पाउने

विराटनगर / सामुदायिक विद्यालयको कक्षा ५ सम्म अध्ययनरत बालबालिकाले विद्यालयबाट प्रदान गरिने दिवा खाजा गुणस्तरीय नभए उजुरी गर्न पाउने भएका छन् ।

अभिभावकमार्फत उनीहरुले उजुरी गर्नुपर्ने छ । विद्यालयमा भएको उजुरी पेटिकामा गुनासो खसाल्न पाइने छ । आफै विद्यालयमा गई गुनासो खसाल्न नसके आफ्ना बलबालिकालाई नै प्रेरित गर्न सकिने छ । उजुरी दिँदा सम्बन्धित विद्यार्थी वा अभिभावकलाई नियतवश कारबाही गर्न नपाइने व्यवस्था छ ।

cura insider

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका सबै विद्यालयले अनिवार्य रूपमा गुनासो पेटिका राख्न कानुनी व्यवस्था गरेको छ । कतिपय विद्यालयले यस्तो पेटिका राखेका छैनन् भने कतिपयमा यसको प्रयोग भइरहेको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले प्रत्येक विद्यालयलाई अनिवार्य रूपमा पेटिका राख्न र एक जना शिक्षकलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था कार्यान्वयनका लागि हालै परिपत्रमार्फत निर्देशन दिइएको बताए । उनका अनुसार खाजाका बारेमा परेको उजुरीलाई प्रधानाध्यापक एक्लैले चाहेर पनि लुकाउन सक्दैनन् । विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र नै गठन गर्नुपर्ने हुन्छ र त्यसका लागि केन्द्रले गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

यसै महिनादेखि सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म हरेक विद्यार्थीलाई दैनिक निःशुल्क खाजाको व्यवस्था गरिएको छ । खाजाका ६० वटा तालिका (मेनु) केन्द्रले सार्वजनिक गरेको छ गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon