birat ribon

म फेरि क्रान्तिमा जान्छु : दाहाल

Neuro
म फेरि क्रान्तिमा जान्छु : दाहाल

विराटनगर / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि एकपटक क्रान्तिमा जाने उद्घोष गरेका छन् ।

अध्यक्ष दाहालले बिहीबार पार्टीनिकट स्वास्थ्यकर्मीको कार्यक्रमलाई पेरिसडाँडा कोटेश्वरमा सम्बोधन गर्दै अझै लड्नुपर्ने अवस्था आएको बताएका हुन्। ‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६–६७ वर्षको भएँ। उमेरले कति दिन्छ छाडिदिनुपर्छ पनि भन्छन्। तर, म छाड्नेवाला छैन’, दाहालले भने, ‘माओ त्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए। म एकपटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। तपाईंहरू यो कुरामा विश्वस्त रहनुहोस्। म एउटा ब्याटल लडेँ। त्यो जितेँ पनि। अझै हामीले लड्नुपर्छ।’

cura insider

दाहालले आफ्नै शक्ति र धरातलमा फर्केर अगाडि जान सक्ने बताए। साथीहरू छुट्दै जाँदा कमजोर भएको अनुभूति आफूलाई पनि भएको दाहालले सुनाए। उनले देशीविदेशीबाट अहिले षड्यन्त्र भएको भन्दै त्यसलाई परास्त गर्न आफ्नै खुट्टामा र आफ्नै शक्तिको भर पर्नुपर्ने बताए। ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ’, उनले भने। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon