birat ribon

सुनसरीमा सिकार गर्नेक्रममा भरुवा बन्दुकसहित एक पक्राउ

Neuro
सुनसरीमा सिकार गर्नेक्रममा भरुवा बन्दुकसहित एक पक्राउ

इनरुवा / सुनसरीमा सिकार गर्नेक्रममा भरुवा बन्दुकसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट बुधबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।

cura insider

वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई एकथान भरुवा बन्दुकसहित सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ भने अन्य चार जना फरार भएको सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताए ।
पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

jackson ribon