birat ribon

स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

Neuro
स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

भक्तपुर / भक्तपुरका सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरे स्रोत नखुलेको ४२ लाखसहित पक्राउ परेका छन् ।

बिहीबार भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक बस्दै आएका घिमिरेलाई पक्राउ गरेको हो ।

cura insider

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको जनाएको छ ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

jackson ribon