birat ribon

भारतमा साढे दुई करोडले पाए खोप

Neuro
भारतमा साढे दुई करोडले पाए खोप

विराटनगर / छिमेकी मुलुक भारतमा हालसम्म साढे दुई करोडभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप पाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार पाँच सय ४५ जनाले खोप लगाएका छन् ।

बिहीबार बेलुका सार्वजनिक गरेको यो विवरण बिहीबार दिउँसो १ बजेसम्मको भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिए । खोपका कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन् भने अरू २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन् ।

cura insider
jackson ribon