birat ribon

गगन थापा भन्छन् – अब काङ्ग्रेसले दक्ष जनशक्ति उत्पादन गर्ने एजेण्डा अघि सार्छ

Neuro
गगन थापा भन्छन् – अब काङ्ग्रेसले दक्ष जनशक्ति उत्पादन गर्ने एजेण्डा अघि सार्छ

काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन् । बिहीबार बागलुङ बजारमा नेपाल शिक्षक सङ्घ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् ।

देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै उनले रेल चलाउने र पानी जहाज चलाउनेसम्मको जनशक्ति स्वदेशमा नै उत्पादन हुनुपर्नेमा जोड दिए ।

cura insider

नेपालीले आफ्नो भनेर अपनत्व बोध नगर्ने बेलासम्म जस्तो सुकै विकास भए पनि समृद्धि प्राप्त नहुने उनले बताए । उनले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताए ।

उनले भने, ‘हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन् । आफ्ना कारणले दुईतिर भएपछि जनताको मतको कदर नेकपाका नेताहरुले गर्नुपर्छ, जनताको बीचमा जानुपर्छ ।’ रासस

jackson ribon