birat ribon

फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिऔँ : अध्यक्ष तिमिल्सिना

Neuro
फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिऔँ : अध्यक्ष तिमिल्सिना

पर्वत / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताएका छन् ।

बिहीबार पर्वतको कुश्मा नगरपालिकामा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

cura insider

जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै उनले मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारवाही गर्नुपर्ने बताए ।

उनले भने, ‘अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छ ।’

jackson ribon