birat ribon

भिडालको घुँडाको शल्यक्रिया हुँदै

Neuro
भिडालको घुँडाको शल्यक्रिया हुँदै

विराटनगर / इन्टर मिलानका मिडफिल्डर अर्टुरो भिडाल घुँडाको चोटका कारण एक महिना मैदानबाहिर बस्ने भएका छन् । इन्टरले चिलियन स्टार भिडालको घुँडाको शल्यक्रिया हुन लागेको जनाएको छ ।

क्लबले शुक्रबार भिडालको देब्रे घुँडाको शल्यक्रिया हुने जनाएको छ । अपरेसन हुने भएका कारण नै ३३ वर्षीय भिडालले २८ देखि ३० दिनसम्म मैदानबाहिर बस्नुपर्ने भएको हो ।

cura insider

उनी अप्रिलको सुरुदेखि मैदान फर्किने सम्भावना रहेको बताइएको छ । यसबीचमा उनले अन्तर्राष्ट्रिय केही खेल र क्लबका केही खेल गुमाउने छन् ।

अघिल्लो वर्ष बार्सिलोनाबाट इन्टर आएका भिडालले एन्टोनियो कोन्टे नेतृत्वको टोलीबाट यस सिजन सबै प्रतियोगिता गरी ३० खेल खेलेका छन् । जसमा उनले दुई गोल र दुई असिस्ट गरेका छन् ।

jackson ribon