birat ribon

यौन दुर्व्यवहार गरेपछि नेपाली सेनाका जर्नेल कार्की बर्खास्त

Neuro
यौन दुर्व्यवहार गरेपछि नेपाली सेनाका जर्नेल कार्की बर्खास्त

काठमाडौँ / यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पङ्कज कार्की बर्खास्त भएका छन् । सङ्गठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको ठहर भएपछि कार्की बर्खास्तीमा परेका हुन् ।

सङ्गठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पङ्कज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

cura insider

उनले सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको बताए । यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।

jackson ribon