birat ribon

सातदोबाटोले जित्यो बी डिभिजन लिगको उपाधि

Neuro
सातदोबाटोले जित्यो बी डिभिजन लिगको उपाधि

विराटनगर / दुई खेलअगावै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबले सहिद स्मारक बि डिभिजन लिगको उपाधि उचालेको छ । ११ वर्ष बी डिभिजनबाट ए डिभिजनमा उक्लिन सङ्घर्ष गरेको सातदोबाटोले सम्पन्न ११ खेलबाट ९ खेलमा जित निकाल्दा १ मा बराबरी र १ खेल गुमाउन पुगेको थियो ।

बी डिभिजन लिगको च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले बिहीबार आफ्नो अन्तिम खेललाई सुखद बनाउँदा समर्थकको साथले निकै खुसी थियो । सुखद अन्त्य अनि शीर्ष डिभिजन यात्रा साकार बन्दा टोलीलाई समर्थकले निकै हौसला प्रदान गरेका थिए ।

cura insider
May be an image of 4 people and people standing

२०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सी डिभिजनको यात्रा तय गरेको थियो । करिब ९ वर्ष सी डिभिजनबाट बी डिभिजनमा उक्लिन मिहिनेत गरेको सातदोबाटोले ११ वर्षपछि बी डिभिजनका खेलमा अनुभव सगाल्ने मौका बुनेको थियो ।

२०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ । लामो सङ्घर्ष र टिमको कठोर मिहिनेले टोली बढुवा भएको क्लबका प्रशिक्षक सनोज श्रेष्ठ बताउँछन् ।

बिहीबारको अन्तिम खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले ६७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा आङथुपुले गरेको गोलले सातदोबाटोको बी डिभिजन यात्रा सुखद बनेको हो । ए डिभिजनमा पुग्दा टोलीले निकै मिहिनेत गरेको सातदोबाटोका कप्तान बसन्त तामाङले बताए ।

May be an image of 12 people and people standing

यस्तै टोलीका अध्यक्ष तथा क्लबका संस्थापक सदस्य कपिल राना मगरले टोली शीर्ष डिभिजनमा फर्किएसँगै चुनौति थपिएको प्रतिक्रिया दिए । ए डिभिजन लिग प्रतिस्पर्धात्मक हुने भएकाले टोलीले बी डिभिजनमा गरेको मिहिनेतलाई निरन्तरता दिने बताए ।

विश्वभर फैलिएको महामारीका कारण एक वर्षअगाडि प्रतियोगिता सञ्चालन गरे पनि सबै खेल हुन सकेको थिएन । महामारीका कारण स्थगित भएको प्रतियोगिता यसै महिनाबाट सुरु भएको थियो । प्रतियोगितामा खुमलटार युथ क्लब दोस्रो बन्दा बाँसबारी युथ क्लब बी डिभिजन लिगमा तेस्रो टोली बन्यो ।

शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटो युथ क्लबले च्याम्पियन ट्रफीसँगै नगद १५ लाख रुपैयाँ हात पारेको छ भने दोस्रो भएको खुमलटारले १०, तेस्रो भएको बाँसबारीले ८ तथा चौथो भएको ब्वाइज युनियनले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

१२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भयो । प्रतियोगितामा खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक बी डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिँदा सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर घोषित भए ।

त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्दा खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे ।

jackson ribon