birat ribon

पुष्प र रेबिकाको प्रेममा साम्राज्ञी भिलेन : मारुनी युटुबमा सार्वजनिक

Neuro
पुष्प र रेबिकाको प्रेममा साम्राज्ञी भिलेन : मारुनी युटुबमा सार्वजनिक

विराटनगर / प्रेम, त्याग र बदलामा आधारित फिल्म ‘मारुनी’ युटुबमा सार्वजनिक भएको छ । नवल नेपालको निर्देशन रहेको यो फिल्ममा पुष्प खड्का, रेबिका गुरुङ र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख भूमिका रहेको छ ।

सधैँ नै फरक भूमिकाको खोजीमा रहेकी साम्राज्ञीले यसपटक भने केही फरक भूमिका गरेको आभाष दर्शकले गरेका छन् । यो फिल्म गत वर्ष सिनेमा हलमा प्रदर्शन भएको थियो । ट्रेलर जति नै रोचक भएपनि फिल्म कमजोर बनेका कारण दर्शकहरूले हलमा फिल्मलाई नकरात्मक प्रतिक्रिया दिएका थिए ।

cura insider

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मारुनी’ बिहीबार महाशिवरात्रिको अवसरमा युटुबमा सार्वजनिक भएको हो । फिल्मलाई पुनम गौतमले निर्माण गरेकी हुन् ।

jackson ribon