birat ribon

प्रेरणा बनिन् ‘मोस्ट इन्टेलिजेन्ट सुपर प्लस साइज मोडल’

Neuro
प्रेरणा बनिन् ‘मोस्ट इन्टेलिजेन्ट सुपर प्लस साइज मोडल’

काठमाडौँ / सङ्स मोडल नेपालको आयोजनामा ‘सुपर प्लस साइज मोडल नेपाल–२०२०’ सिजन–३ सम्पन्न भएको छ । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको प्रतियोगितामा प्रेरणा राजवंशीले ‘मोस्ट इन्टेलिजेन्ट’को उपाधि जितेकी छन् ।

यस्तै प्रतियोगितामा सृष्टि उप्रेतीले मुख्य उपाधिसँगै मोस्ट फोटोजेनिक, मोस्ट चार्मिङ तथा मोस्ट ट्यालेन्ट गरी चार उपाधि जितिन भने स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन् । विधागततर्फ रोजिना राई ‘मोस्ट भ्युअर्स च्वाइस’, स्मृति अधिकारी ‘मोस्ट कन्फिडेन्ट’, सिर्जना आलेमगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भएका छ्न ।

cura insider

आयोजक डेबिलसिंह राजपुतले प्लस साइज (मोटोपन) भएर निराश भई बसेका महिलालाई लक्षित गर्दै उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको प्रमुख अतिथि पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद डा. मीनेन्द्र रिजाल थिए ।

प्रतियोगिताको निर्णायकमा हिसानका केन्द्रीय उपाध्यक्ष, काठमाडौँ भ्याली स्कुल एन्ड कलेजका अध्यक्ष तथा त्रिभुवन युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर स्वागत श्रेष्ठ, भीएस निकेतन स्कुलकी प्रधानाध्यापक सङ्गीता श्रेष्ठ, गायक सीताराम पोख्रेल र ¥यापर तथा सञ्चारकर्मी एनएसके निर्णय श्रेष्ठ रहेका थिए ।

jackson ribon