birat ribon

रगतमा चिनीको मात्रा बढेको सङकेत दिने लक्षणहरू

Neuro
रगतमा चिनीको मात्रा बढेको सङकेत दिने लक्षणहरू

विराटनगर / मानव शरीरमा चिनीको केही मात्रा स्वाभाविकरूपमा हुन्छ, जसले ऊर्जा प्रदान गर्छ । तर, चाहिनेभन्दा बढी चिनीको मात्राले हाइपरग्लाइसेमिया निम्त्याउँछ । जसलई सामान्य भाषामा हाइ ब्लड सुगर भनिन्छ ।

रगतमा चिनीको उच्च मात्राले शरीरका विभिन्न अङ्ग बिगार्न सक्छ र स्वास्थ्य समस्या निम्त्याउन सक्छ । मधुमेह एक दीर्घकालीन अवस्था हो, यसबाट छुटकारा पाउन सम्पूर्ण जीवनकाल लिनसक्छ । सुरुवाती चरणमा रगतमा चिनीको मात्रा बढी भएको पत्ता लागे टाइप २ डाइबिटिज हुने जोखिमलाई रोक्न सकिन्छ । यीमध्ये कुनै एक लक्षण देख्नासाथ रगतमा चिनीको मात्रा जाँच गर्नुपर्छ ।

cura insider

– आराम गरेर र स्वस्थरूपमा खानपान गरिरहे पनि थकित महसुस गर्नुहुन्छ भने, यो मधुमेहको चेतावनी सङ्केत हुन सक्छ । मधुमेह रोगी धेरै मिहिनेत नगरी अक्सर डिहाइड्रेटेड र थकित हुने गर्छन् ।

– रगतमा चिनीको मात्रा उच्च हुँदा, मृगौलाले चिनीलाई राम्ररी फिल्टर गर्न असमर्थ हुन्छ, जसकारण चिनी पिसाबमा जम्मा हुनथाल्छ । जसको फलस्वरूप बारम्बार पिसाब आउने समस्या हुन्छ । यसले सङ्क्रमण पनि निम्त्याउन सक्छ । सामान्यभन्दा बढी पटक बाथरूम प्रयोग गर्नु परिरहेको छ भने यो पनि मधुमेहको लक्षण हुनसक्छ ।

– रगतमा चिनीको मात्रा बढेमा शरीरको तौल आफैँ घट्दै जाने हुन्छ । शरीरले ऊर्जा प्रदान गर्न ग्लुकोजको प्रभावकारी प्रयोग गर्न असमर्थ हुने कारण शरीरमा बोसो जलाउन थाल्छ, जसले अचानक तौल घटाउन सक्छ । तौल नियन्त्रण गर्ने कुनै करकारको प्रयास नगर्दासमेत तौल घट्दै छ भने मधुमेहको समस्या भएको सङ्केत हुनसक्छ ।

– रगतमा चिनीको स्तर उच्च भएमा यसले दृष्टि कमजोर बनाउन वा बिगार्न सक्छ । रगतमा चिनीको मात्रा बढ्दा यसले आँखा स्वास्थ्यलाई नकरात्मकरूपमा प्रभाव पार्न सक्छ र दृष्टि गुम्ने जोखिमलाई समेत बढाउन सक्छ । दृष्टिमा अचानक परिवर्तन आएका हल्कारूपमा लिनु हँुदैन ।

– इन्सुलिन प्रतोरोधका कारण छालाको रङमा परिवर्तन आउन सक्छ । विशेष गरी घाँटी, जोर्नी र खुट्टाका छालामा अचानक कालोपन भएमा डाक्टरसँग परामर्श लिनुपर्छ ।

jackson ribon