birat ribon

सत्ता समीकरणका विषयमा अहिले कुरा हुँदैन : जसपा अध्यक्ष, ठाकुर

Neuro
सत्ता समीकरणका विषयमा अहिले कुरा हुँदैन : जसपा अध्यक्ष, ठाकुर

काठमाडौँ / जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूले उठाएको एजेन्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल गर्ने बताएका छन् । बिहीबार जसपा, नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरूका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरूको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका हुन् ।

अध्यक्ष ठाकुरले बिहीबार साँझ साढे पाँच बजे ठाकुरलगायत नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईले यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेको पनि जानकारी दिए । ‘हामी साढे पाँच बजे प्रधानमन्त्रीसँग भेट्न गइरहेका छौँ । साथीहरू, सांसदहरू जेलमा छन् । प्रदेशका मन्त्रीहरूमाथि मुद्दा छ । उनीहरूको मुद्दा फिर्ता र रिहाइको विषयमा कुरा गर्ने हो,’ ठाकुरले भने, ‘सत्ता समीकरणका विषयमा अहिले कुरा गर्ने होइन । हाम्रो एजेन्डा पूरा भएपछि मात्रै हामी सत्ता समीकरणबारे सोचौँला ।’

cura insider

अध्यक्ष ठाकुरले यस विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए । उनले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने पनि बताए ।

jackson ribon