birat ribon

नेपाली सेनाले मनायो दिवस

Neuro
नेपाली सेनाले मनायो दिवस

काठमाडौँ /नेपाली सेनाले बिहीबार औपचारिक कार्यक्रम गरी सेना दिवस मनाएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाएको हो । टँुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्दछ । यसको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । नेपाली सेनाले कार्यक्रममा विभिन्न साहसिक खेल तथा झाँकी प्रस्तुत गरेको थियो । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएका छन् ।

cura insider

बिहीबार काठमाडौँका सैनिक मञ्चमा परेड तथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । समारोहमा नेपाली सेनाले आफ्नो सौर्य कौशलको प्रदर्शन गरेको आकर्षक देखिएको थियो । कार्यक्रममा सेनाका जवानहरूले राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास गर्नुको साथै सेनाको बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्यान्ड डिस्प्ले, हेलिकोप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिएको थियो ।

jackson ribon