birat ribon

बार्सिलोनाको खराब रेकर्ड : यस सिजन ४० प्रतिशत पेनाल्टी ‘मिस’

Neuro
बार्सिलोनाको खराब रेकर्ड : यस सिजन ४० प्रतिशत पेनाल्टी ‘मिस’

विराटनगर / बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पेनाल्टी ‘मिस’ गरे । बुधबार राति पिएसजीविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा मेस्सीले पेनाल्टी मिस गरेका हुन् ।

गए राति पिएसजीसँग उसैकाे मैदानमा १–१ गोलको बराबरी खेले पनि समग्रमा ५–२ को हार ब्यहोरेको बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिएको थियो । बार्सिलोनाले पहिलो लेगको खेलमा आफ्नै मैदानमा ४–१ गोल हार ब्यहोरेको थियो ।

cura insider

दोस्रो लेगको खेलमा पिएसजीका किलियन एम्बाप्पले र बार्सिलोनाका लागि मेस्सीले एक गोल गरेका थिए । १–१ गोलको बराबरीमा फर्किएको अवस्थामा मेस्सीले दोस्रो गोल गर्ने मौका पनि पाएका थिए ।

पहिलो हाफको इज्युरी समयमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले प्रहार गरेका थिए । तर, पिएसजीका गोलरक्षक केयलर नाभासले मेस्सीको प्रहार विफल तुल्याइदिएका थिए ।

Messi misses penalty as Barcelona fail in latest PSG comeback attempt – The  Citizen

यस सिजन क्याटलान क्लबले ला लिगा, कोपा डेल रे र च्याम्प्यिन्स लिगमा गरी १५ वटा पेनाल्टी पाएकोमध्ये छ वटा पेनाल्टी मिस भएको छ । मेस्सीले जम्मा पाँच पेनाल्टीमा गोल गरेका छन् । यता, मार्टिन ब्रेथवेट र ओस्मान डेम्बेलेले पनि गोल गरेका छन् ।

सबैभन्दा धेरै ला लिगामा बार्सिलोनाले पेनाल्टी बिगारेको छ । जम्मा छ पटक पेनाल्टी पाएकोमा तीन मात्र गोल गरेको छ । ब्रेथवेटले इबरसँगको खेलमा, मेस्सीले भ्यालेन्सियासँगको खेलमा र ग्रिजम्यानले रियल बेटिससँगको खेलमा पेनाल्टी बिगारेका छन् ।

यसैगरी कोपा डेल रेमा उनीहरूको खराब रेकर्ड छ । यस प्रतियोगितामा दुई पेनाल्टी पाएकोमा दुवै बार्सिलोनाले बिगारेको छ । डेम्बेले र मिरालेम पियानिकले पेनाल्टी बिगारेका छन् ।

च्याम्पियन्स लिगमा मेस्सीले पिएसजीसँगको खेलमा पेनाल्टी बिगारेसँगै यस सिजन बार्सिलोनाले छ पेनाल्टी ‘मिस’ गरेको हो । उसले सबै प्रतियोगिता गरेर यस सिजन ४० प्रतिशत पेनाल्टी बिगारेको छ ।

jackson ribon