birat ribon

एन्फा अध्यक्ष शेर्पालाई प्रधानसेनापति प्रशंसा पदक

Neuro
एन्फा अध्यक्ष शेर्पालाई प्रधानसेनापति प्रशंसा पदक

विराटनगर / अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रधानसेनापति प्रशंसा पदक प्राप्त गरेका छन् । नेपाली सेनाले बिहीबार सेना दिवसको अवसरमा एन्फा अध्यक्ष शेर्पालाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मान गरेको हो ।

नेपाली फुटबल विकासमा गरेको योगदानको कदर गर्दै सेनाले उनलाई उक्त पदकबाट सम्मान गरेको एन्फाले जनाएको छ । टुँडीखेलमा विशेष समारोहका बीच आर्मीका प्रधानसेनापति पूर्णचन्द्र थापाले अध्यक्ष शेर्पालाई सो पदकबाट विभूषित गरे ।

cura insider

सेनाले प्रत्येक वर्ष सेना दिवसका दिन विभिन्न क्षेत्रमा विशेष योगदान दिएका व्यक्तित्वलाई यस अवार्डबाट सम्मान गर्नेगरेको छ । सम्मानित भएपछि शेर्पाले भने, ‘म यो पुरस्कारबाट धेरै नै खुसी छु । यसले हामीले हासिल गरेका लक्ष्य, उत्तरदायित्व र संस्थामा पारदर्शिता रहेको देखाउँछ ।’

jackson ribon