birat ribon

नक्कली मोबिल बनाउने एक जना पक्राउ

Neuro
नक्कली मोबिल बनाउने एक जना पक्राउ

विराटनगर / मोबिल तथा इनामेल कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–११ जनपथ टोलबाट अन्दाजी ७८ वर्षीय शङ्करलाल खेम्का पक्राउ परेका हुन् ।

नक्कली मोबिललाई सर्वोको स्टिकर टाँसी बिक्री–बितरण गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई २७ गते पक्राउ गरेको हो । प्रहरीले ठूलो परिमाणमा नक्कली मोबिल, इनामेल तथा उक्त कार्यमा प्रयोग हुने विभिन्न सामग्रीसहित उनलाई नियन्त्रणमा लिएको छ ।

cura insider

प्रहरीले खेम्काले भाडामा लिएको कोठाबाट २०० लिटर मोबिलसहितका १५ वटा ड्रम, २० लिटरका मोबिलसहितका तीनवटा ड्रम, १० लिटरका मोबिलसहितका २ वटा बाल्टी, १ लिटरको मोबिलसहितका १४ वटा बट्टा बरामद गरेको छ ।

त्यसैगरी २०० लिटरका खाली ड्रम २४ वटा, सर्वोका स्टिकर सय पिस, सर्वोका स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री, खाली १ लिटरवाला सर्वोका स्टिकर लगाएका बोतल सय थान, स्टिकर नलगाएका १ लिटरका खाली बोतल दुई सय थान, एसियन पेन्ट लेखिएको इनामेल पाँच सय लिटरका सातवटा बट्टा, १ लिटरवाला २ थान, सिल्भरको खाली बाल्टिन २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

खेम्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

jackson ribon