birat ribon

ब्राजिलको रङ्गशाला पेलेको नाममा नामाकरण हुने

Neuro
ब्राजिलको रङ्गशाला पेलेको नाममा नामाकरण हुने

विराटनगर / ब्राजिलको मारुकाना रङ्गशालालाई पेलेको नाममा नामाकरण गरिने भएको छ । ब्राजिलियन लिजेन्ड पेलेलाई सम्मान दिनका लागि उनको नाममा नामाकरण गर्न लागिएको ब्राजिल फुटबल महासङ्घले जनाएको छ ।

रियो डे जानेरियोको प्रदेशसभामा उक्त रङ्गशालाको नाम परिवर्तनका लागि मतदान भएको थियो । मारुकाना रङ्गशालाको नाम एडसन आर्नेट्स डो नासिमेन्टो–रिये पेले रङ्गशाला राख्न लागिएको हो ।

cura insider

एडसन आर्नेट्स डो नासिमेन्टो ८० वर्षीय पेलेको पूरा नाम हो । रियेको अर्थ पोर्चुगल भाषामा राजा हो । मतदानपछि रियो डे जानेरियाका गर्भनरले उक्त नामाकरणको अनुमति दिएपछि प्रयोगमा आउनेछ ।

ब्राजिलयन फुटबल टोलीका सदस्य रहेर विश्वकप फुटबलको उपाधि जिताएका पेलेले सन् १९६९ मा उक्त रङ्गशालामा आफ्नो फुटबल जीवनको एक हजारौँ गोल पूरा गरेका थिए । भास्को डे गामाविरुद्धको खेलमा उनले सान्टोसलाई प्रतिनिधित्व गरेका थिए ।

मारुकानामा सन् १९५० र सन् २०१४ को विश्वकप फुटबलको फाइनल खेल खेलाइएको थियो । सन् २०१६ ओलम्पिकको उद्घाटनसमेत मारुकानामै भएको थियो ।

सन् १९५० को फाइनलमा उरुग्वेले ब्राजिललाई हराउँदा कम्तिमा दुई लाख दर्शक मारुकाना रङ्गशालामा प्रत्यक्ष उपस्थित भएको अनुमान गरिन्छ । तर मारुकानाको अहिलेको क्षमता मात्र ७८ हजार ८३८ छ ।

सन् १९४० मा एक जना पत्रकार मारियो फिल्होको नाममा उक्त रङ्गशालाको नामाकरण गरिएको थियो । रङ्गशाला निर्माणका लागि पहल गरेकोले सम्मानस्वरुप रङ्गशाला उनको नाममा नामाकरण गरिएको थियो ।

jackson ribon