birat ribon

खेलाडी तीन तर खेल एक : लप्पन छप्पन २ ट्रेलर सार्वजनिक

Neuro
खेलाडी तीन तर खेल एक : लप्पन छप्पन २ ट्रेलर सार्वजनिक

विराटनगर / मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ ।

केही समयअगाडि फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति महाशिवरात्रीलाई तोकिएको थियो । पछि प्रदर्शन मितिलाई एक महिना अगाडि सार्दै महाशिवरात्रीको अवसरमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म आगामी चैत २७ गतेबाट रिलिज हुँदैछ ।

cura insider

एक्सनले भरिएको ट्रेलरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । फिल्मका मुख्य कलाकारको गेटअप, एक्सनमा ठूलो क्यानभास देखिन्छ । फिल्मको ट्रेलरमा मुख्य कलाकारहरु शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतलाई देख्न सकिन्छ ।

ट्रेलर हेरेर यो फिल्म तीन सय मिलियन डरलको चलखेलको कथामा निर्माण गरिएको बुझिन्छ । खेलाडी तीन तर खेल एक । तीन सय मिलियन डलरको लप्पन छप्पन कसरी हुन्छ त्यो फिल्ममा हेर्न पाइनेछ ।

खिलेन्द्रराज तिमिल्सिनाको प्रस्तुतिमा तयार भएको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना, रन्जित ओन्ताले अभिनयमा डेब्यू गर्दैछन् ।

jackson ribon